सुनको भाउ घट्यो

न्युजलय १६ मङ्सिर २०८१, आइतबार ११:३५ मा प्रकाशित

काठमाडौँ । आइतबार (आज) सुन र चाँदीको भाउ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। 

चाँदीको मूल्य पनि पाँच रुपैयाँ घटेर प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार हुँदैछ।