जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिने बालिकाको मृत्यु

न्युजलय २४ कार्तिक २०८२, आइतबार ०२:३२ मा प्रकाशित

रुपन्देही । दाङमा जुकाको औषधि खुवाउँदा घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ ।

गढवा गाउँपालिका –४ अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादवका जुम्ल्याहा छोरीमध्ये कान्छी छोरीको मृत्यु भएको हो । 

गढवा गाउँपालिका –४ रामनगरमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन शिवकुमारले जुम्ल्याहा छोरीहरु लिएर त्यहाँ पुगेका थिए । जेठी छोरीलाई खुवाएपछि कान्छीलाई खुवाइएको थियो तर कान्छीको घाँटीमै त्यो औषधि अड्किएको थियो ।

एकछिनमा बालिका अत्तासिइन् र श्वास रोकिएर मृत्यु भएको गढवा गाउँपालिकाका स्वास्थ्य अधिकृत कैलाशचन्द्र चौधरीले बताए ।

इलाका प्रहरी कार्यालय गढवाले बिहीबार नै बालिकाको घाँटीमा औषधि अड्किएकोले यस्तो घटना भएको जनाएको छ ।