झापा । झापाको दमकमा एक युवकको हत्या भएको १२ घण्टा बढी भइसक्दा पनि प्रहरीले अभियुक्त पत्ता लगाउन सकेको छैन।
बुधवार(हिजो) साँझ दमकस्थित घिमिरे मार्केटमा दमक–२ का २५ वर्षीय तेजप्रकाश पराजुलीको हत्या भएको थियो।
शरीरमा धारिलो हत्या प्रहार भएका पराजुलीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
तेजप्रकाश रक्षा फेन्सी स्टोरमा काम गर्दै आएका थिए। पसल बन्द गरेर घर फर्किन लाग्दा उनी माथि आक्रमण भएको थियो।
प्रहरीले अहिले घटनास्थल नजिकै रहेको सिसि क्यामरा र मृतकको मोबाइल फोनको सहयोगबाट अनुसन्धान गरिरहेको छ। मोबाइलबाट अनुसन्धान गर्न अदालतबाट अनुमति लिन प्रहरीले प्रक्रिया थालिसकेको छ।
त्यस्तै मृतकका बुबाले पनि प्रहरीमा छोराको हत्यारा पत्ता लगाएर कारबाही गर्न उजुरी दिइसकेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।