सुनको भाउ घट्यो

न्युजलय २९ साउन २०८२, बुधबार १२:१६ मा प्रकाशित

 काठमाण्डौ । आज सुनको भाउ सामान्य घटेको छ । सुनको भाउ एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।