घट्यो सुनको भाउ

न्युजलय ९ चैत २०८१, आइतबार ११:०६ मा प्रकाशित

काठमाडौँ । आइतबार सुनचाँदीको भाउ घटेको छ।

शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।