विराटनगर । कोशी प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता रामबहादुर मगरमाथि इलाममा पहिचानवादीले आक्रमण गरेका छन् । बुधबार इलामको माङसेबुङ गाउँपालिकाको एउटा कार्यक्रममा सहभागी हुन पुगेका मगरमाथि आक्रमण गरिएको हो ।
प्रदेश १ को नामाकरण राख्दा प्रदेशसभामा कोशी नामको प्रस्तावक रहेका उनलाई ढुङ्गा प्रहार गरिएको हो । आक्रमणबाट मगर सवार बा २ झ ३७३७ नम्बरको गाडीको अगाडि र पछाडीको सिसा फुटेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी भइरहेको र सासंद राना सकुसल रहेको प्रहरीले जनाएको छ । आक्रमणपछि मगर जिल्ला कमिटिको बैठकमा सहभागी नभइ दमक फर्किएका थिए ।
यसैबिच नेकपा एमालेले घटनाको निन्दा गरेको छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्ती जारी गरी घटनामा संलग्नहरूलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।