भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन नेपालमा

न्युजलय ६ बैशाख २०८०, बुधबार ०३:५२ मा प्रकाशित

काठमाडौँ । भारतीय चलचित्र ‘मिराई’ को काठमाडौँमा छायाङ्कन सुरु भएको छ । 

अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिए ।

उपत्यकाको विभिन्न स्थानमा चार दिनसम्म छायाङ्कन गर्ने तालिका तय भएको  उनले बताए । यही चलचित्रको छायाङ्कनका लागि अभिनेता कुमार मोटरसाइकलबाटै पूर्वी नेपालको झापा हुँदै नेपाल आएका हुन् । 

चलचित्रमा अभिनेत्री म्याडीको अभिनय पनि रहेको छ ।