इटहरीमा अब नयाँ घर बनाउँदा उपमहानगरले नै नक्सा बनाइदिने

न्युजलय २५ चैत २०७९, शनिवार ०७:०४ मा प्रकाशित

इटहरी । इटहरीमा अब नयाँ घर बनाउँदा उपमहानगरपालिकाले नै नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो ।

इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए ।  

भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहानगरपालिकाले नै चाहे अनुसारको नक्सा बनाइदिन लागेको उनी बताउँछन् ।