सुनको मूल्य घट्यो

न्युजलय १० जेठ २०८२, शुक्रबार ११:४३ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य एक हजार १०० रुपैयाँले घटेको छ। चाँदी पनि तोलामा २० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन तोलाको एक लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक तोला चाँदीको मूल्य भने दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।