सुनको मूल्य बढ्यो

न्युजलय २३ मङ्सिर २०८२, सोमबार ११:४१ मा प्रकाशित

काठमाडौँ। सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ३ हजार ५८५ रुपैयाँ कायम भएको छ ।