विराटनगर । तेह्रथुम र धनुषाबाट जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ ।
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तेर्हथुमको फेदाप गाउँपालिका–४ का २२ वर्षीय मनिष राई पक्राउ परेका हुन् भने १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा धनुषाको शहिदनगर नगरपालिका–४ ननुपटीका २७ वर्षीय बिजय मुखिया समातिएका हुन् ।
राईले किशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सम्दुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
मुखियालाई पनि सुराकीकै आधारमा प्रहरीले पक्राउ गरेको हो । जवरजस्ति करणीमा संलग्न रहेका सञ्जय साह भने फरार रहेको र उनको खोजी भईरहेको प्रहरीको भनाई छ ।