काठमाण्डौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
सुनको भाउ पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ हिजोजस्तै तोलामा दुई हजार ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।