सुनको मूल्य बढ्यो

न्युजलय ८ बैशाख २०८२, सोमबार ११:३० मा प्रकाशित

काठमाडौँ  ।  सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार तोलामा एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ ।