इटहरीमा महिलाको शव फेला

न्युजलय ३१ साउन २०८०, बुधबार ०६:४७ मा प्रकाशित

इटहरी । इटहरीको टेंग्रा खोला किनारमा महिलाको शव फेला परेको छ ।

वडा नं. ४ स्थित सेतो बङला बोडिङ स्कुल नजिकै खोलाको किनारमा स्थानीय सिता लिम्बुको शव भेटिएको हो । 

शवको प्रकृति हेर्दा हत्याको आशङ्का गरिएको छ । घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।