काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका–४ को देसीखोला गोठ्यानामा आज बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
हुम्ला जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार चंखेली गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप दुर्घटना भएको हो।
दुर्घटनमा परेको जिपमा १२ जना यात्रु रहेको खुलेको हुम्ला जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते पाँच जनालाई सुर्खेतबाट गएको नेपाली सेनाको हेलिकप्टरमा हालेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पठाउन लागिएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूको उपचार भने स्थानीय प्रथामिक स्वास्थ्यचौकीमा भइरहेको बताइएको छ।
जिप सडकबाट ३ सय मिटर तल खसेको छ।