धनियाँको नियमित सेवन गर्नुका फाइदा

न्युजलय १८ मङ्सिर २०७८, शनिवार ०१:३० मा प्रकाशित

धनियाँले विभिन्न रोगबाट बचाउन सहयोग पुर्याउँछ । जसका लागि धनियाँको दाना भिजाएको पानी नियमित पिउने गर्नुपर्छ ।


धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव पार्छ । यसले पेटको समस्याबाट पनि बचाउँछ । नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउने काम गर्छ ।


धनियाँमा डोडेनल भन्ने विशेष तत्व हुन्छ, जसले टाइफाइडको ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ । धनियाँको पानीले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा बढाउँछ । दैनिक सेवन गर्दा मुटुसम्बन्धी रोगबाट समेत बच्न सकिन्छ ।