काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको जमसेदपुरमा सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।
नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । यस्तै नेपालले दोस्रो खेलमा ३ चैतमा बंगलादेशको सामना गर्नेछ ।
७ चैतमा फेरि भारतसँग खेल्दा नेपालले ९ चैतमा बंगलादेशसँग खेल्नेछ ।