काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला तीन हजार सात सय रुपैयाँले घटेको जनाएको छ ।
महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।