सिन्धुली । दुधौली नगरपालिका –७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना परी निधन भएको छ ।
विद्यालयको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको लहानको सप्तऋषि अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ ।
काम विशेषले बिहीबार(आज) सिरहा पुगेका थिए । वडाध्यक्ष बस्नेत कांग्रेस दुधौलीका निवर्तमान सभापति थिए ।