काठमाण्डौ । सर्वसम्मत नभएका ठाउँमा नेकपा एमालेको महाधिवेशन अन्तर्गत आज पालिकाहरुमा नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ ।
सर्वसम्मति नभएका ठाउँमा आज थप सहमति गरेर नेतृत्व चयन हुने एमालेले जनाएको छ । चुनाव नगरी सकेसम्म देशभरका पालिकाहरूमा सर्वसम्मत नेतृत्व छनोटका लागि अन्तिमसम्म कोसिस हुने जनाइएको छ ।
बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा भने आउँदो सोमबारसम्ममा पालिका र वडा अधिवेशन गर्ने एमालेको तयारी छ । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।