नेपालमा निमोनियाका कारण वर्षेनी १० हजार बढी बालबालिकाको मृत्यु

न्युजलय २७ कार्तिक २०७८, शनिवार ०९:३५ मा प्रकाशित

काठमाडौं । नेपालमा अझै पनि दुई तिहाई बालबालिकाको मृत्यु निमोनियाका कारण हुने गरेको पाइएको छ। निमोनियाका कारण वर्षेनी पाँच वर्ष मुनिका १० हजार बढी बालबालिकाको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  


मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा प्रति वर्ष ६ लाख नयाँ बच्चाको जन्म हुन्छ। जसमध्ये करिब १८ हजार बच्चाको विभिन्न कारण मृत्यु हुने गरेको छ। यसको दुई तिहाई मृत्यु निमोनियाका कारण हुने गरेको उनले बताए। 


निमोनिया श्वासप्रश्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सोमा गर्छ। मुख्यतया बच्चाहरुको नाक र घाँटीमा रहेका संक्रामक जिवाणु वा किटाणुहरुको श्वासको माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया गराउन सक्छन्।