घट्यो सुनचाँदीको मुल्य

न्युजलय २८ साउन २०८१, सोमबार १२:०३ मा प्रकाशित

काठमाडौँ । सोमबार सुन–चाँदीको मूल्य सामान्य घटेको छ।

आइतबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ आज  प्रतितोला एक सय रूपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।