काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा घर भत्कँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भएका ४ वर्षीय बितुकुमार साह रहेका छन्।
उनलाई उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।
स्थानीय ध्रुवनारायण प्रधानको पुरानो घर शुक्रबार साँझ भत्किएको काठमाडौंका निमित्त प्रहरी प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए।
बालकका परिवार फलफुल पसल गर्छन्।