झापा । झापाको कन्काई नगरपालिका–७ बिरिङ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २८ बर्षीय सुप्रकाश राई रहेका छन् । मंगलबार बेलुका जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण कार्यालय व्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।