काठमाडौं । सोमबार पनि सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।