आजको सुनचाँदीको मूल्य

न्युजलय १६ फाल्गुण २०७९, मङ्गलबार ०४:५६ मा प्रकाशित

 काठमाडौँ । मंगलबार (आज) नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  सुनचाँदीको मूल्य स्थिर रहेको जनकारी दिएको छ । आजको मूल्य तोक्दै महासङ्घले हिजोकै दरमा आजको कारोबार हुने जानकारी दिएको हो ।

यसअनुसार, आज छापावाल सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ कायम छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ ।