सुनको मूल्य बढ्यो

न्युजलय २१ असोज २०८२, मङ्गलबार १२:०२ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

आज चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।