रकमान्तर गरेर प्रदेश सांसद र संसदीय समितिलाई सय वटा ल्यापटप

न्युजलय ३ जेठ २०८०, बुधबार ०८:०२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र सात संसदीय समितिलाई ल्यापटप किनेर दिने भएको छ । प्रदेशसभा सचिवालयले सोमबार टेण्डर आव्हान गरेको छ ।

१ सय वटा ल्याप्टप खरिद गर्न डेढ करोड रुपैया छुट्याइएको छ ।

अघिल्लो प्रदेशसभाका सदस्यहरुलाई ल्याप्टप बाँडिएको थिएन । यस पटक बजेट पुस्तिकामा पनि उक्त बराबरको बजेट विनियोजन गरिएको थिएन । तर, मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास बजेट रकमान्तर गरेर बजेटको व्यवस्था गराएका छन् । 


प्रदेशसभा सचिव गोपाल पराजुलीले मधेश प्रदेशले दुई पटक ल्यापटप बाँडिसकेको तर, कोशी प्रदेशले पहिलो पटक सांसदलाई ल्यापटप दिन लागेको बताए । सांसदहरुलाई ल्यापटप दिएपछि चलाउन पनि सिकाउने बताइएको छ ।