गायक राजु लामाले चढे जापानको अग्लो हिमाल

न्युजलय ९ भदौ २०७९, बिहिबार १२:३३ मा प्रकाशित

काठमाडौं । गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् । जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेका हुन् ।

गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका उनी यतिबेला जापानमा छन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाए ।

फुजीको चुचुरोमा पुग्न आफूलाई सात घण्टा लागेको उनले बताए । फुजीको चुचुरोमा उनले नेपालको राष्ट्रिय झण्डा फर्फराएका थिए ।