प्रकाश सपूतमाथि बोतल प्रहार गर्ने व्यक्तिलाई ‘इमिग्रेसन’मा बुझाइयो

न्युजलय ११ असार २०८०, सोमबार ०४:२५ मा प्रकाशित

काठमाडौं । रोमानियामा गायक प्रकाश सपूतमाथि बोतल प्रहार गर्ने नेपाली व्यक्तिलाई इमिग्रेसनमा बुझाइएको छ । आइतबार राति भएको सांगीतिक कार्यक्रममा 

सपूतमाथि बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई प्रहरीले कानुनी प्रक्रियाका लागि अध्यागमनलाई बुझाएको हो ।


अध्यागमनले उनलाई अदालतमा बुझाउनेछ । अदालतले कस्तो फैसला गर्छ, त्यहीअनुसार उनले कारबाहीको भागिदार हुनुपर्छ ।


कार्यक्रममा करिब ४०० नेपाली सहभागी थिए ।