मुन्द्रेको कमेडी क्लबको तेस्रो सिजन चैत २ गतेदेखि प्रशारण हुने

न्युजलय ९ फाल्गुण २०७९, मङ्गलबार ०६:४३ मा प्रकाशित

काठमाडौं । हास्य कलाकार जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ आउँदो चैत २ गतेदेखि पुनः प्रशारण हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको मुन्द्रेको कमेडी शुरु हुने जानकारी गराइएको हो । 

शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की छिन् भने निर्देशकमा दिनेश डीसी छन्। त्यस्तै कलाकारहरूमा दमन रुपाखेती, प्रभात लामा, दिनेस काफ्ले र एलिना बास्कोटा रहेका कलाकार नेपालले बताए। 

उनले आवश्यक परेको खण्डमा थप कलाकार बोलाउने बताए। त्यस्तै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकोमा खुशी लागेको बताइन्। उनले सकेसम्म शोलाई उत्कृष्ट बनाउने प्रयासमा आफू हुने पनि बताइन्।