इटहरी । इटहरीस्थित वेदान्त हस्पिटलमा माइनर तथा मेजर अपरेसन सुरु गरेपछी शल्यक्रिया गर्ने बिरामीहरुको संख्या बढेको छ ।
बरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.रोविन श्रेष्ठ र डा.धिराज सिंह सहित टिम र बरिष्ठ सर्जरी विशेषज्ञमा डा.रबि सिंह र डा.सुमित अग्रवालले अप्रेसन गर्दै आएको वेदान्त हस्पिटलका प्रबन्ध निर्देशक ईन्द्र श्रेष्ठले जानकारी दिए । उनकाअनुसार बरिष्ठ हाडजोर्नी तथा नसा रोग सम्बन्धी विशेषज्ञद्वारा C-arm machine प्रबिधीबाट भाचिएको हड्डिहरुमा स्टिल वा के-वार राखी अप्रेसन गरिन्छ । साथै हात खुट्टा भचिएको, हात वा खुट्टामा सिन्का बिजेको र मासु पलाएको, नङ गडिएको
अप्रेसन गरिन्छ ।
बरिष्ठ सर्जरी सम्बन्धी विशेषज्ञ डाक्टर रबिन सिंह र डा.सुमित अग्रवालद्वारा एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, फिस्टुला, अन्डकोशमा पानी जमेको, स्तनमा घाउ भएको, पिलो, कान चुडिएको, लिङ्गको छाला नफर्केको, लिङ्गको छाला काट्ने अप्रेसन गरिन्छ ।
साथै हस्पिटलमा दैनिक रुपमा बरिष्ठ फेमिली फिजिसियन, बाल तथा नबजात शिशु रोग, स्त्री तथा प्रसुती रोग, छाला तथा योन रोग, भिडियो एक्सरे सेवा र २४ सै घन्टा एमबिबिएस डाक्टरद्वारा इमर्जेन्सी सेवा दिइन्छ ।