काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार एकैदिन प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँ कारोबार भएको छ ।
सुनको मूल्य घटेसँगै बुधबार चाँदीको पनि मूल्य घटेको छ। मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै आज चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।