काठमाण्डौ । मालीमा गुडिरहेको गाडीमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार मृत्यु हुनेमा अधिकांश महिला रहेका छन्।
गाडीको चालकलाई अज्ञात बन्दुकधारीले पहिले गोली हानी मारेका थिए। त्यसपछि आगो लगाएको अधिकारीहरूले बताएका छन्। आक्रमण पश्चिम अफ्रिकाको मोप्ती क्षेत्रको केन्द्रमै भएको हो।
महिनौँदेखि त्यस क्षेत्रमा अलकायदा र इस्लामिक स्टेट समूहले अशान्ति मच्चाउँदै आएको बताइएको छ।