विराटनगर । रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा मोरङ प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।
घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको बताइएको छ ।