रुखमा झुण्डिएको अवस्थामा एक दम्पती मृत फेला

न्युजलय ३१ कार्तिक २०७८, बुधबार ०३:२१ मा प्रकाशित

डोटी । एक दम्पती रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

डोटीमा नगरपालिका–१ का २२ बर्षीय डिल्लीराज भट्ट र उनकी पत्नी २० वर्षीया पशुपति भट्ट घरनजिकै झुण्डिएर मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरु मंगलबार साँझ घरभन्दा तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।

दुबैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।