छोरीको पिता बने वरुण धवन

न्युजलय २२ जेठ २०८१, मङ्गलबार ११:१७ मा प्रकाशित

काठमाडौँ । बलिउड अभिनेता वरुण धवन छोरीको पिता बनेका छन् । वरुणकी पत्नी नताशा दलाल सोमबार राति मुम्बईको हिन्दुजा अस्पतालमा छोरीलाई जन्म दिएकी छिन् । 

निर्देशक करण जौहरले इन्ष्टाग्राममा ‘मेरो छोराको घरमा छोरी जन्मिएकी छिन्’ भन्दै धवन दम्पत्तिलाई बधाई दिएका छन् । अर्जुन कपूरले पनि छोरीको पिता भएकोमा वरुणलाई बधाई दिएका छन् । 

वरुण–नताशाले यही वर्षको फेब्रुअरीमा आफूहरू मातापिता बन्न लागेको घोषणा गरेका थिए । वरुण र नताशाले सन् २०२१ को जनवरीमा बिहे गरेका थिए ।