सुनको भाउ बढ्यो

न्युजलय ३१ मङ्सिर २०८१, सोमबार ११:३२ मा प्रकाशित

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो ।

आइतबार तोलामा १ लाख ५० हजार ८ सय रुपैयाँ कारोवार भएको छापावाल सुन आज १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर  रहेको छ ।  आइतबार १ हजार ८४० रुपैयाँमा कारोवार  भएको  चाँदी  आज पनि सोही मूल्यमा कारोवार  भैइरहेको  छ ।