सुनको मूल्यमा नयाँ रेकर्ड

न्युजलय १८ भदौ २०८२, बुधबार ११:२८ मा प्रकाशित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मङ्गलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैँयाले घटेर दुई हजार ४८० कायम भएको छ ।