मेष । वैदेशिक रोजगारमा लाभका नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन्। अर्थ अभावले गर्दा गरिरहेको कार्यमा बाधा आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष । कार्यक्षेत्रमा सोचे अनुरूप सफलता मिल्नेछ। आयस्रोत बढाउनको लागि नयाँ अवसरहरू फेला पर्नेछन्। नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा राम्रो फड्को मार्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन । नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट । शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारा कार्यहरू सजिलै सम्पादन हुनेछन्। नेतृत्व क्षमता प्रकाशमान हुनेछ। घर परिवारको साथ मिल्नाले मनलाई सन्तोष मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
सिंह । आत्मविश्वासमा कमी रहनेछ। राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ। आध्यात्मिक क्षेत्रमा मन रमाउनेछ। कार्य व्यस्तताले शरीरमा थकान महसुस हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या । सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सक्नुहुनेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। जीवनसाथीको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला । पहिलाका हरहिसाब नमिल्लाले व्यवसायमा समस्या पर्न सक्छ। अवसरवादीहरूबाट सावधान रहनुहोला। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक । चुनौतीपूर्ण दायित्वको निर्वहन गर्नुपर्ला। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
धनु । इष्टमित्रहरूको सहयोग मिल्नेछ। पारिवारिक सद्भावमा कमी आउनेछ। पारिवारिक सम्बन्धमा संवादद्वारा समस्याहरू सुल्झिनेछन्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर । राजनीतिक क्षेत्रमा नयाँ अवसर खोज्ने समय रहेको छ। आत्मविश्वास वा दृढ इच्छाशक्तिले असम्भव कार्यलाई पनि सम्भव पार्न सकिनेछ। घर परिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ । सञ्चित धनमा वृद्धि हुनेछ। सहयोगी र शुभचिन्तकहरूले साथ दिनेछन्। बोलिको प्रभावले रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन । समाजमा मान प्रतिष्ठा बढ्नेछ। कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। जीवनसाथीको सरसल्लाह मानेर अगाडि बड्दा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
स्रोत हाम्रोपात्रो