झापाबाट काठमाण्डौंका लागि छुटेको बस इनरुवामा दुर्घटना, १३ जना घाइते

न्युजलय १५ पुस २०७८, बिहिबार ०७:४५ मा प्रकाशित

इनरुवा । इनरुवा ३ सखुवागाछीमा यात्रु बस पल्टिदा १३ जना घाइते भएका छन् । झापाबाट काठमाण्डौंका लागि छुटेको ना ७ ख १९८० नम्बरको बस इनरुवा ३ सखुवागाछी खण्डमा पल्टिएको हो ।


प्रहरी प्रवक्ता नरेन्द्र कुमार कार्कीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरु सबैको इनरुवा अस्पतालमा उपचार भैरहेको कार्कीले बताए ।


सुनसरी प्रहरीले चालकले नियन्त्रण गुमाउदा बस दुर्घटनामा परेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा बसका चालक मोबाइलमा व्यस्त रहँदाको अवस्थामा दुर्घटना भएको खुल्न आएको छ ।