दमकमा कोशी नामविरुद्ध मसाल जुलुस, झडपमा कम्तिमा ६ जना घाइते

न्युजलय २६ बैशाख २०८०, मङ्गलबार ०९:२२ मा प्रकाशित

विराटनगर । झापाको दमकमा कोशी नामविरुद्ध गरिएको मसाल जुलुसका क्रममा प्रहरीसँग भएको झडपमा कम्तिमा ६ जना घाइते भएका छन् ।


आन्दोलनकारी र प्रहरी गरी ७ जना भन्दाबढी घाइते भएको बताइएको छ । घाइतेहरुहरुको लाईफ लाईन अस्पतालमा उपचार भइरहेको छ ।


कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

सोअनुसार आज दमकमा मसाल जुलुस गरिएको हो ।