विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीबाट उद्धव थापालाई पदमुक्त गर्न र पुर्व मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्च अदालतले आदेश दिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा ३८ दिन कोशी प्रदेशको मुख्यमन्त्री बनेपछि अदालतको यस्तो आदेश आएको हो ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले प्रदेश सभाबाट प्राप्त गरेको विश्वासको मत संविधान सम्मत् नदेखिएको भन्दै थापाको पद खारेज गर्दै कार्कीलाई मुख्यमन्त्री बनाउने फैसला गरेको हो ।
थापाको नियुक्ती असंवैधानिक भएको भन्दै कार्की सर्वोच्च पुगेका थिए ।