बढ्यो सुनको मूल्य

न्युजलय १८ फाल्गुण २०७८, बुधबार ०५:४४ मा प्रकाशित

काठमाडौँ । बुधबार(आज) सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ रहेको सुन बुधबार ९९ हजार ५ सय रुपैयाँ पुगेको हो।

चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १३ सय ३५ रुपैयाँ रहेको चाँदी आज १३ ७५ रुपैयाँ पुगेको छ ।