धरान । धरान ८ स्थित तीनकुनेमा आज साँझ बस र कार एकआपसमा जुध्दा दुई जना घाइते भएका छन् ।
धरानबाट इटहरी तर्फ जाँदै गरेको को १ ख २९८८ नम्बरको बस र प्रदेश ३ ०१ ०२३ च ३८९४ नम्बरको कार धरान तर्फ आउँदै गरेको एक आपसमा जुध्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि कारमा सवार ५७ वर्षीय कमल पौडेल र उनको श्रीमती ५४ वर्षीय अन्नपूर्ण पौडेल घाइते भएका छन् । घाइते मध्ये कमल पौडेलको दाहिने घुँडामा चोट लागेको छ भने श्रीमतीको अवस्था सामान्य रहेको प्रतिष्ठान प्रहरीले जनाएको छ ।
घाइते दुवैको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सीमा उपचार भइरहेको छ ।