आजको सुनको मूल्य

न्युजलय २३ पुस २०८१, मङ्गलबार ११:३५ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य स्थिर छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला १५ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको सुनको मूल्यमा त्यसयता घटबढ भएको छैन ।

सोमबार र मंगलबार पनि आइतबारकै मूल्यअनुसार सुनको किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । मंगलबार भने चाँदी प्रतितोला २० रुपैयाँले बढेको महासंघले जनाएको छ । मूल्य बढेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ८३० रुपैयाँ पुगेको छ ।