धरान । अत्याधुनिक यूएसए लेखिएको एक थान पेस्तोल र म्याग्जिनसहित दुई जनालाई धरान प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक रुद्र खड्का र इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लको संयुक्त टोलीले धरान–१० का ३५ वर्षीय राजेश लिम्बु र धरान–५ का कुमार भण्डारीलाई पक्राउ गरेको हो ।
उनीहरुले धरान –८ को जनता ग्यारेजमा अत्याधुनिक पेस्तोल लुकाई राखेको भन्ने विशेष सुराकीको आधारमा छापा मार्दा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।