आज १५ साउन २०८० सोमवारको राशिफल

न्युजलय १५ साउन २०८०, सोमबार ०५:५५ मा प्रकाशित

मेष । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

वृष । आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

मिथुन । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

कर्कट । शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको काम पुरा हुन पनि सक्छ ।

सिंह । आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कन्या । सानातिना समस्यामा अल्झनुपर्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ ।

तुला । आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । वाहन र भूमिबाट लाभ पनि रहला ।

वृश्चिक । महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र यात्रा पनि हुनेछ ।

धनु । आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

मकर । आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

कुम्भ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ र यात्रा पनि होला ।

मीन । शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक कार्यमा सहभागी भइनेछ ।