घट्यो सुनचाँदीको मूल्य

न्युजलय १८ पुस २०८०, बुधबार ११:३१ मा प्रकाशित

काठमाडौं । बुधबार(आज) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम छ । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम छ ।