घट्यो सुनचाँदीको भाउ

न्युजलय २५ जेठ २०८०, बिहिबार ०५:०० मा प्रकाशित

काठमाडौ । बिहीवार(आज) सुनचाँदीको भाउमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ । 

साथै आज तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ । 

बिहीवार चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ।